Posts

एभनिर एफसी क्यामरुन सेमिफाईनलमा

Image
  उत्तम रिजाल, झापा।   क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो । उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो । उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् । सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्च...

भुटानी शरणार्थी शिविरमा गोल्डकप हुने

Image
  उत्तम रिजाल, झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत्रकार मञ्च दमकमा सोमबार प्रत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । करिब ३३ लाख ५० हजार खर्च लाग्ने अनुमानसहित संचालनको तयारी गरिएको सो प्रतियोगितामा क्यामरुन, भारत, अमेरिका र नेपालका गरी ८ टिमको सहभागिता रहने आयोजक जय हुमागाई मेमोरियल ट्रष्टका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो ।   उहाँका अनुसार प्रतियोगितामा एभनीर एफसी क्यामरुन, सल्हेस युवा क्लब सिरहा, बीवाइसी बेलडाँगी, विर्तामोड युनाईटेड झापा, युकेएफसी दार्जेलिङ्ग, शान्तिनगर एफसी सुनसरी, बिवाईएससी मिनेसोटा अमेरिका र पथरी शनिश्चरे मोरङ्गको सहभागिता रहने ट्रष्टका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिामा नेपालका एडिभिजन क्लबका खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । कुनै एडिभिजन क्लबको सहभागिता नभए पनि ए डिभिजन राष्ट्रिय लिग नभएकाले नेपाली टिममा राष्ट्रिय खे...

आमचोकलाई पाखा लगाउँदै अरुण गाउँपालिका क्वाटरफाइनलमा

Image
  शरणामति। गत बर्षको उप विजेता आमचोक गाउँपालिका भोजपुर तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न खेलमा उ अरुण गाउँपालिकासँग पराजित भएको हो । पहिलो सेट २५-१८ ले जितेको उसले दोस्रो र तेस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा २५-१४ र तेस्रो सेट २५-१८ ले गुमाएको अरुणले चौथो सेटमा ६ अंकले पछि परेको स्थिति उल्ट्याउँदै २८-२६ आफ्नो पक्षमा पारेको थियोे भने पाँचौं तथा निर्णायक सेट १५-९ ले जित्दै आमचोकलाई पहिलो खेलबाटै घर फर्किन बाध्य बनाएको छ।  जितसँगै अरुणले क्वाटरफाइनलमा दमकसँगको भेट पक्का गरेको छ। दमक र अरुण अन्तिम चार प्रबेशका लागि आइतबार  १ बजे आमनेसामने हुनेछन् । त्यस्तै शनिबार नै सम्पन्न अर्को खेलमा बेलबारी नगरपालिका मोरङलाई २५ -२२, २५-१३ र २५-२१ को सोझो सेटमा पाखा लगाउँदै  हतुवागडी गाउँपालिका भोजपुर क्वाटरफाईनल प्रबेश गरेको छ। अब उसले अन्तिम चार प्रबेशका लागि आईतवार त्रियुगा नगरपालिका उदयपुरको सामना गर्नेछ । आइतबार क्वाटरफाइनलका खेल हुनेछन् । २२ गतेसम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५...

आयोजक झापाको विजयी शुरुवात

Image
  शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।

झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

Image
  झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ । यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् ।  भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प...