झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ । यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प...