एभनिर एफसी क्यामरुन सेमिफाईनलमा

उत्तम रिजाल, झापा। क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो । उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो । उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् । सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्च...